दफा ३
चिकित्सक वा स्वास्थ्यकर्मीको नाम सूचीकृत गराउनु पर्ने
ः
(१) सेवा उपलब्ध गराउन चाहने प्रत्येक चिकित्सक वा स्वास्थ्यकर्मीले आफ्नो नाम सूचीमा सूचीकृत गराउनु पर्नेछ ।
(२) सूचीमा नाम सूचीकृत गराउन चाहने चिकित्सक वा स्वास्थ्यकर्मीले विभागले तोकेको सूचीकरण शुल्क सहित अनुसूची–१ बमोजिमको ढाँचामा सम्बद्ध अधिकारी समक्ष निवेदन दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम निवेदन पर्न आएमा सम्बद्ध अधिकारीले सात कार्यदिन भित्र त्यस्तो चिकित्सक वा स्वास्थ्यकर्मीको नाम अनुसूची–२ बमोजिमको ढाँचामा खडा गरिएको सूचीमा सूचीकृत गरी अनुसूची–३ बमोजिमको ढाँचामा सूचीकृत प्रमाणपत्र दिनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम सूचीकृत प्रमाणपत्र प्राप्त गरेका प्रत्येक चिकित्सक तथा स्वाथ्यकर्मीले मुलुकी ऐन ज्यान सम्बन्धीको महलको २८ख. नं. को प्रयोजनको लागि सेवा उपलब्ध गराउने इजाजतपत्र प्राप्त गरेको मानिने छ ।
(५) चिकित्सक वा स्वाथ्यकर्मीले प्राप्त गरेको सूचीकृत प्रमाणपत्र आफूले काम गर्ने स्थानमा सबैले देख्न सक्ने गरी टाँस्नु पर्नेछ ।